रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित, आजै थुनछेक बहस

लोकपथ
406
Shares
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र

काठमाडौं । चैत १५ को तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्र आज कार्यालय खुलेलगत्तै अदालत उपस्थित भएका हुन् । 

सोही केसमा सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई अदालतले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उनी ३ लाख धरौटीमा छुटेका छन् ।

आज अदालत उपस्थित भएका मिश्रको पनि आज नै थुनछेक बहस हुने र त्यसपछि उनी पुर्पक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ ।

मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?