काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्र दुई महिनाका लागि सडक र फुटपाथ खन्न रोक लगाएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।
प्रकाशित सूचना अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको छ ।
वर्षायाममा सडक र फुटपाथ खन्दा सवारी र पैदल यात्रीलाई आउ–जाउ गर्न गाह्रो हुने भएकाले हरेक वर्ष त्यस्ता काम गर्न रोक लगाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया