काठमाडौं । नेपालमै उत्कृष्ट बिरयानीको स्वाद दिइरहेको बिरयानी अड्डा अब विराटनगरमा पनि खुल्ने भएको छ । बिरयानी अड्डाको शाखा विराटनगरको महेन्द्र चोकमा खुल्न लागेको हो ।
काठमाडौंको बालुवाटारमा मुख्य कार्यालय रहेको बिरयानी अड्डाले काठमाडौँबाहिर आफ्नो पहिलो शाखा खोल्न लागेको हो । आगामी असार ५ गते उद्घाटन गरिने विराटनगर शाखामा काठमाडौंकै स्वाद र मूल्यमा बिरयानी तथा अन्य खाना बेचिने कम्पनीले जनाएको छ ।
१ सय रुपैयाँमै मट्का बिरयानी !
अड्डाले आफ्नो उद्घाटन समयलाई थप उत्कृष्ट बनाउँदै दुई दिनका लागि १ सय रुपैयाँमै बिरयानी दिने भएको हो । कम्पनीका निर्देशक रविन पाण्डेका अनुसार उद्घाटनलाई थप उत्साही बनाउन दुई दिनका लागि १ सय रुपैयाँमै चिकेन मट्का बिरयानी दिन लागिएको बताए । अन्य समयमा चिकेन मट्का बिरयानीको मूल्य ४६० रुपैयाँ पर्छ ।

त्यसै गरी बिरयानी अड्डा उद्घाटन भएको मितिले एक महिनासम्मका लागि सबै खानाहरूमा २० प्रतिशत छुटको व्यवस्था गरिएको समेत कम्पनीले जनाएको छ ।
नेपालमै उत्कृष्ट बिरयानीको स्वाद दिइरहेको बिरयानी अड्डाले बहुचर्चित हैदरावादी बिरयानी, कोलाकाता बिरयानी, लखनऊ बिरयानी, पहाडी मटन बिरयानी, मट्का बिरयानी आदि विभिन्न स्वाद र परिकार उपलब्ध छ ।
*infomercial content
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया