‘हुनेलाई हुने र नहुनेलाई नहुने’ भन्ने अभियान चलाउनुपर्छ : मन्त्री पाण्डे

लोकपथ
427
Shares
फाइल तस्बिर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हुनेलाई हुने र नहुनेलाई नहुने भन्ने अभियान सञ्चालन गर्न जरुरी भएको बताएका छन् । 

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपालको सहकार्यमा आयोजित विकासका लागि संस्कृति विषयक विचार गोष्ठीमा मन्त्री पाण्डेले यस्तो बताएका हुन् । 

उनले योजना निर्माणका समयमा आउने वडाध्यक्षदेखि भ्रातृ संस्थाको सदस्यले ल्याएको योजनामा पनि हुन्छ भन्ने परिपाटीका कारण योजना बनाउने भन्दा पनि माग्ने संस्कृति बढेको बताए । 

अगाडि हुँदा हुन्छ भनिदिने संस्कृतिका कारण योजना माग्ने पनि धोकामा रहने र हुन्छ भनेर बचन दिने व्यक्तिले पनि अनावश्यक बोझ बोकेर पनि टुंगोमा पुर्‍याउन नसक्दा राम्रो गरिरहेपनि नराम्रो हुने प्रवृत्ति बढेको उनको भनाई थियो । उनले हुँदैन भन्ने मान्छे गलत नभएर नहुने कामलाई हुँदैन भन्ने मान्छे ठिक भन्ने संस्कृति विकास गरिनुपर्नेमा जोड दिए ।  

उनले तीन तहको सरकारबीच समन्वय हुन नसक्दा नेपालमा भएका कुराहरू विश्वसामु परिचित गराउन नसकिएकोले तीनै तहको सरकारबीच समन्वय र सहकार्यमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?