धवल शमशेरसँग ३ लाख धरौटी माग

लोकपथ
497
Shares

काठमाडौं । तीनकुने घटनामा प्रतिवादी बनाइएका राप्रपाका सांसद धवल शमशेर राणासँग ३ लाख धरौटी माग गरिएको छ । काठमाडौं जिल्ला अदालतले राणासँग ३ लाख धरौटी माग गरेको हो ।

घटनापछि पक्राउ परेका राणा पछि हाजिरी जमानीमा छुटेका थिए । तर अदालतमा मुद्दा दर्ता भएपछि उनी अदालतमा उपस्थित भएर बयान नै दिएका थिएनन् ।

सोमबार उनी आँफै अदालतमा उपस्थित भई बयान दिएका थिए । त्यसपछि अदालतले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान र त्यसपछि थुनछेक बहस हुँदा न्यायाधीश खनालले राणासँग ३ लाख धरौटी माग गरेका हुन् । यतिबेला राणाले धरौटी रकम बुझाउने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?