काठमाडौं । पत्रकार दिल भूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार उच्च अदालत पाटनले विपक्षीको नाममा यस्तो आदेश जारी गरेको हो ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता भएको थियो । सोही उजुरीको आधारमा साइबर ब्युरोले पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएपछि उनी फरार भएका थिए ।
यसैबिच आइतबार मात्रै पाठकको तर्फबाट उच्च अदालत पाटनमा आफूलाई पक्राउ नगर्न अन्तरिम आदेशको माग गर्दै निवेदन दर्ता भएको थियो । सोही निवेदनमाथि सोमबार न्यायाधीश ऋषि राजभण्डारीको इजलासमा सुनुवाइ हुँदा ५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।
अदालतका रजिस्ट्रार श्रीलाल पौडेलका अनुसार अदालतले असार ५ गतेसम्मका लागि पाठकलाई पक्राउ नगर्न नगराउन विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि असार ५ गतेको पेसी समेत तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया