संसद् अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वाभाविक : अध्यक्ष केसी

लोकपथ
1k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् अवरोध हुँदा सरकारले आफ्ना कामहरू अघि बढाउने कुरा स्वाभाविक भएको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले संसद्मा यस्ता खेलहरू भइरहने र यस्तो कुरा आफूलाई नयाँ र नौलो नलागेको जिकिर गरे । यस भन्दा पहिला पनि संसद्मा यस्ता खेल भइरहने गरेको बताए । देशमा भ्रष्टाचार व्याप्त भइरहेको बताउँदै कुनै पनि सरकारले नियन्त्रण गर्न नसकेको बताए ।  

उनले भने, ‘संसद्मा यस्ता खेल भइरहन्छन् । मलाई नयाँ नौलो लाग्दैन । यस भन्दा पहिला पनि संसद्मा यस्ता खेल त भइरहन्थे त । विरोध गर्ने, नारा लगाउने, सरकारले सदन चलाइरहने, आफ्ना काम अघि बढाउने । यसलाई मैले अस्वाभाविक रूपले लिन्न । देशमा भ्रष्टाचार अत्यन्त मौलाइरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल नै छ । एउटा मात्रै सरकारको कुरा होइन, अहिलेको सरकारको मात्रै कुरा होइन । विगतदेखि अहिलेसम्म सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन ।’भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल रहेको दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?