काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खेलबाट स्वस्थ्य जीवन र स्वच्छ समाज प्रवर्द्धन गर्नका लागि सहयोग पुग्ने बताएका छन् ।
काठमाडौं महानगरपालिका–२६ ले आयोजना गरेको काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पौडेलले व्यक्ति र समाज खुसी रहन स्वस्थ्य रहनुपर्ने र त्यसका लागि खेल आवश्यक पर्ने बताए ।
खेल र स्वास्थ्यको प्रसङ्ग जोड्दै उनले भने, ‘खेलले स्वस्थ्य जीवन प्रदान गर्छ । स्वस्थ्य जीवनमा मात्र खुसी प्राप्त गर्न सकिन्छ । मन र शरीरलाई कसरी स्वस्थ्य राख्ने औपचारिक शिक्षामा समावेश हुन अझै सकेको छैन ।’
विकेन्द्रीकृत कार्यक्रमबाट वडालाई सशक्त बनाउने र नागरिकका ढोकामै कार्यक्रम पुर्याउने महानगरपालिकाले नीति लिएको कामपाको उपप्रमुख उपप्रमुख सुनिता डंगोलको भनाइ छ । उनले भनिन्, ‘वडाबाट नै जिल्ला स्तरीय प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्नु यसको उदाहरण हो ।’ वडासँगै केन्द्रबाट पनि खेलकुदका कार्यक्रम सञ्चालन भइरहेका उनले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया