अर्थमन्त्रीलाई बिचमै रोकेर उपसभामुखलाई लक्षित गर्दै कांग्रेस सचेतक रास्वपामाथि खनिएपछि…

लोकपथ
4k
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बोलिरहँदा बिचमै राकेकी छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिइरहेको अर्थमन्त्री पौडेललाई सचेतक थिङले रोकेकी हुन् ।  

उनले संसदभित्र नाराबाजीमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले मानव तस्करी लगायतका आपत्तिजनक शब्दहरू प्रयोग गरेको र वक्ता बोलिरहेको बेलामा अवरोध भएको भन्दै आपत्ति जनाइन् । उनले मानव तस्करी कसलाई भन्न खोजेको हो भन्दै त्यसको परिभाषा सदनमा स्पष्ट पार्न आग्रह गरिन् । साथै, उनले उपसभामुख इन्दिरा रानालाई लक्षित ५ जनालाई व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो वा कुन विषयको मानव तस्करी हो भन्दै सदनमा स्पष्ट पार्न समेत आग्रह गरिन् ।  

उनले भनिन्, ‘आपत्तिजनक शब्दहरू यहाँ, मानव तस्करीको कुरा उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुरा उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ? मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो ? जसले ५–५ वटा व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि, कुन विषयको मानव तस्करी हो सदनमा स्पष्ट पारियोस् ।’

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ । सोमबारको प्रतिनिधि सभामा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?