संसद् जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा हो : सन्तोष परियार

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद् जबरजस्ती चलाउनु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताएका छन् । 

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

भिजिट भिसाको विषय छानबिन हुनुपर्छ भनेर आन्दोलन गर्दा जबरजस्ती संसद् सुचारु गर्नु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको उनको भनाइ छ । उनले यसले कतै न कतै राजनीतिक दलहरूलाई भविष्यमा प्रश्न तेर्साउने जिकिर गरे । सदन चलाउने वातावरण बनाउने काम सरकारको भएको बताए । 

उनले भने, ‘यो हाम्रो आन्दोलनको एउटा स्वरूप हो । संसद्को चौथो ठुलो राजनीतिक दलले  अवरोध गरिरहँदा संसद् यसरी सुचारु हुनु र संसद् जबरजस्त चलाउनु भनेको हाम्रो संसदीय व्यवस्थामै एउटा धब्बा हो । यो नहुनुपर्ने अभ्यास भइरहेको छ । यसले कहीँ न कहीँ गएर राजनीतिक पार्टीहरूलाई भविष्यमा प्रश्न गर्नेछ । सदन चलाउने वातावरण बनाउने कुरा सरकारको हो । सरकारको काम कारबाही अघि बढिरहेको छ । तर सदनमा रास्वपा र राप्रपा पनि आफ्नो मुद्दामा आन्दोलनमा छ ।’

प्रमुख सचेतक परियारले सदन जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?