‘अलबिदा’ लेखेर बेपत्ता भएका डा. श्रेष्ठलाई साथीहरूसँग गफिएको अवस्थामा प्रहरीले फेला पारेको थियो

लोकपथ
10.1k
Shares

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठ उनी भेटिएको तारकेश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा अन्य ४-५ जना साथीहरूसँग गफिएको खुलेको छ । 

फेसबुकमा आक्षेपपूर्ण लामो स्ट्याटससहित अलबिदा लेखेर मोबाइलसमेत अफ गरेर बेपत्ता भएका डा. श्रेष्ठलाई प्रहरीले सो रिसोर्टमा फेला पारेको थियो । उनी चाबहिल गोपीकृष्ण हल नजिकबाट बुलेट बाइक लिएर निस्किएका थिए । 

रिसोर्टका म्यानेजर राकेश लोहारका अनुसार डा. श्रेष्ठ बुलेट बाइक चढेर बुटिक आएका थिए । ‘उहाँ बिहान साढे १० देखि ११ बजेको बीचमा यहाँ आउनुभएको थियो, उहाँ बुलेट बाइक चढेर यहाँ आउनुभएको थियो,’ लोहारले भने ।

उनले त्यहाँ पुगेको केही समयमा कफी पिएका थिए । तर, कोहीसँग खुलेर बोलेका भने थिएनन् । 

एक्लै रिसोर्ट पुगेका डा. श्रेष्ठ भएको ठाउँमा पछि उनका ४/५ जना साथीहरू पनि थपिएका थिए । उनी साथीहरूसँग कुराकानी गरिरहेका बेला प्रहरी टोली पुगेर नियन्त्रणमा लिएको थियो । 

डा. श्रेष्ठले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफू ‘आत्महत्या’कै लागि हिँडेको बताएको भएपनि रिसोर्टमा भने त्यसखाले कुनै गतिविधि नदेखाएको म्यानेजर लोहारको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?