काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतबहादुर थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ ।
अवैध रुपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरी वन ऐनको उल्लंघन गरेको अभियोग लागेका थापालाई सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
थापामाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावार हानि नोक्सानी गरेको अभियोग थियो । उनीमाथि वन ऐनअनुसार १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसा बिगो दाबी गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरत थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीमाथि मुद्दा दाएर भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया