काठमाडौं। महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरूलाई सम्मान गरिएको छ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रम मार्फत विभिन्न शाखा कार्यालयहरू तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका ३६ जना कर्मचारीहरूलाई बैंकका अध्यक्ष, संचालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन्।
उक्त कार्यक्रममा संचालक समिति सदस्यहरू, बैंकका उच्च पदस्थ अधिकारीहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू, काठमाडौं उपत्यकाका शाखा प्रबन्धकहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सम्मानित कर्मचारीको ज्ञान, सीप, अनुभव र मार्गदर्शनले बैंकलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया