काठमाडौं । कास्कीस्थित होटल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहक तथा कर्मचारीहरूबिच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता-पत्रमा होटल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट ताल चोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले खाना र पेय पदार्थमा १०% साथै आवास सुविधामा १५% छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा होटल हिमालय सेरेन भ्यु मा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया