राप्रपाले बहिष्कार गरेको संसद् बैठकको भत्ता नलिने

लोकपथ
350
Shares

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बहिष्कार गरेको संसद् बैठकको भत्ता नलिने भएका छन् । राप्रपाले संघीय संसद् सचिवालयलाई पत्र लेखेर असार १ गतेको बैठक भत्ता उपलब्ध नगराउन आग्रह गरेको छ ।

राप्रपाको संसदीय दलको बैठकले हिजो (असार १ गते)को बैठकमा सहभागी भएबापत प्राप्त हुने भत्ता नलिने निर्णय गरेको हो । राप्रपाका सांसद हिजोको संसद बैठकमा सहभागी भएपनि बहिष्कार गर्दै निस्किएका थिए । 

भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध हुँदा पनि सभामुखले संसद् बैठक चलाएपछि राप्रपाले बैठक नै बहिष्कार गरेको थियो ।

’यो बैठकबाट प्राप्त हुने भत्ता राजस्वमा फित्ता हुने गरी व्यवस्था गरी सहयोग गरिदिन हुन अनुरोध गर्दछु । उक्त दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रुपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले मिति २०८२ असार १ गतेको संसद बैठकको भत्ता नलिन निर्णय गरेको व्यहोरा यसै पत्र मार्फत जानकारी गराउँदछौँ,’ राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?