अग्नि सापकोटाको आरोप– ‘एमालेको कामले कार्यकर्ताले शीर निहुराए’

लोकपथ
1k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालको विकल्प नरहेको बताएका छन् । 

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । उनले देश बनाउनका लागि आफूहरूले अध्यक्ष दाहालको विकल्प नरहेको कुरा पहिला नै बुझेको तर अहिले आएर जनताले पनि बुझेको उनको भनाइ छ  । 

उनले माओवादीको देश दौडाहाका क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू बाहेक अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि स्वागत गर्ने, ज्ञापन पत्र दिने काम गरेको बताए । 

उनले अहिले जनता कांग्रेस र एमालेबाट अघाएको बताउँदै माओवादीलाई बाटो खालि भएको जिकिर गरे । उनले कांग्रेस प्रजातान्त्रिक सामन्तहरूको पार्टी भएको आरोप समेत लगाए ।  उनले एमालेको कामले आफ्नै कार्यकर्ताहरू पनि शीर निहुराएर लज्जावोध गर्ने गरेको उनको भनाइ छ ।  

उनले भने, ‘अहिले काँग्रेसलाई पनि नजर भरी भरी हेरिरहेका छन् । एमालेलाई पनि हेरिरहेका छन् । अझ काँग्रेस त त्यस्तै पार्टी हो । हामीले जानेकै पार्टी हो । त्यो प्रजातान्त्रिक सामन्तहरूको पार्टीमा मान्छेलाई धेरै आशा थिएन । तर एमालेका कार्यकर्ताहरूको हामी जहाँ जहाँ पुग्याैँ त्यहीँ त्यहीँ शीर निहुरिएको छ । उनीहरू असाध्यै लाजस्पद छन् । एक प्रकारले हामीलाई मैदान खालि थियो । सबैले हाम्रो पार्टीबाट निर्वाचित भएकाले त स्वागत, सम्मान, अभिनन्दन, मागपत्र पेस गर्ने वा ज्ञापन पत्र पेस गर्ने कुरा भयो भयो । काँग्रेस, एमालेबाट निर्वाचित भएकाहरूले पनि बाटोमा जुनजुन पालिकाहरू परे तिनीहरूले हामीलाई भित्री हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ, त्यसमा पनि पार्टी अध्यक्ष कमरेड प्रचण्डको विकल्प छैन भन्ने कुरा हामीले त बुझेको कुरा हो । जनताले पनि त्यो बुझे ।’

उपाध्यक्ष सापकोटाले शहीद परिवारबाट तर्केर हिँड्ने कुराको अन्त्य हुनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?