काठमाडौं । सुनसरीको बराहक्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती मृत अवस्थामा फेला परेको हो ।
आज बिहान स्थानीयवासीले हात्ती मृत अवस्थामा भेटिएर खबर गरेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले बताए । कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती रहेको छ ।
हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलिले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया