‘देशलाई बनाउने भए फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुस्’

लोकपथ
868
Shares

काठमाडौं । केपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशलाई बनाउने भए पुनः एकपटक नेकपा (माओवादी केन्द्र) लाई बहुमतको सरकार बनाउने गरी समर्थन गर्न आह्वान गरेका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

उनले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताए । उनले आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पुर्‍याउन पनि जनसंघर्षमा सामेल हुनेगरी सहयोग गर्नुपर्ने बताए । पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहेको बताए ।

उनले पार्टी प्रवेशको लहर पनि बढेको दाबी गरे । भ्रष्टाचारीलाई रक्षा गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन माओवादी केन्द्र नेतृत्वको सरकार ढालेको आरोप लगाए । उनले अहिलेको सरकार भ्रष्ट र निरंकुस सरकार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?