काठमाडौं । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट सशस्त्र प्रहरीले सोमबार करिब २ हजार १ सय ३० किलोग्राम गाजाँसहित ट्रक नियन्त्रणमा लिएको छ ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले नियन्त्रणमा लिएको हो । गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका छन् ।

बरामद गाँजा तथा तरकारी र ट्रक आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया