राप्रपा महामन्त्री धवलशमशेर राणा अदालत उपस्थित

लोकपथ
1.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरा आज सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । 

राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा अभियोजन गरिएपछि उनी जिल्ला अदालत उपस्थित भएका हुन् । 

२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबराविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुरसहित यी ४ वटा मुद्दा अभियोजन गरेको छ । 

प्रहरीले यसअघि अनुसन्धान पूरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेका थिए । उपचार प्रयोजनार्थ रिहा भएका जबरा मुद्दा दायर भएपछि पनि प्रहरीका सम्पर्क बाहिर थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?