राप्रपा प्रमुख सचेतक शाहीलाई वर्षमानको जवाफ : ‘स्टन्ट गरेर राजनीति चल्दैन’

लोकपथ
1.9k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुनले स्टन्ट गरेर राजनीति नचल्ने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्रमाथि विभिन्न आरोप लगाएको छ नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उपमहासचिव पुनले प्रमुख सचेतक शाही हावादारी कुरा गर्ने व्यक्ति भएको बताए । उनले वाहियात, तर्कहिन कुरा, हावादारी कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताए । 

उनले भने, ‘ज्ञानेन्द्र शाहीजीलाई म व्यक्तिगत रूपले सम्मान गर्दछु । तर प्रवृत्तिगत रूपले उहाँसँग हाम्रो सहमति छैन । विगतमा प्रधानमन्त्रीसँग टिआरसीको बारेमा छलफल भयो, त्यसै दिन कुलमानलाई हटाउनु भयो । त्यसै दिन कुलमान साट्यो भन्नुभयो । यस्ता वाहियात, तर्कहिन कुरा, हावादारी कुरा गरेर कहीँ पनि पुगिँदैन । उहाँ एउटा युवा राजनीतिज्ञ हुनुहुन्छ । सस्तो लोकप्रियताबाट स्टन्ट गरेर राजनीति चल्दैन ।’

उनले सस्तो लोकप्रियताबाट राजनीति चल्न नसक्ने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?