सभामुख बिचौलियाको पक्षमा उभिए : ज्ञानेन्द्र शाही

लोकपथ
287
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही(ज्ञानेन्द्र शाही)ले सभामुख र संसद बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन् । 

संघीय संसद भवनमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद र सभामुख स्वयं बिचौलियाको पक्षमा उभिएपछि संसद बहिष्कार गर्नुपरेको बताएका हुन् ।  

उनले भीजीट भीसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध जनाइरहँदा सभामुखले अन्देखा गर्दै संसद सुचारु गरेको बताए । उनले एक जना सांसदले विरोध जनाउँदा संसद चलन नसक्ने नियमावली रहेको भए पनि सभामुखले नियमावली विरुद्ध गएर संसद सुचारु गरेको बताए ।  

उनले भने, ‘सभामुखले आज भीजीट भीसा प्रकरणमा नेपाली नागरिक विक्रीमा परेका छन् । सरकार स्वयं संलग्न छ भन्ने कुरा पछिल्ला तथ्य र प्रमाणले देखाएको छ । सफ्टवेयर नै बनाएर ठगिएको छ भन्ने कुरा बाहिरिँदा पनि संसद्मा हामीले यो आवाज गृहमन्त्रीको जवाफ चाहियो भनेर ३५ जना जति सांसदले आवाज उठाउँदा सभामुखले त्यो अन्देखा गर्नुभयो । सभामुख र संसद स्वयं बिचौलियाको पक्षमा उभिएपछि हामीले संसद बहिष्कार गर्‍यौँ । बहिष्कार गर्नु शिवालय अर्को विकल्प छैन । किनभने यस्तो किसिमले संसद चल्दैन ।’

प्रमुख सचेतक शाहीले संसद्मा उठेका आवाज सम्बोधन नगर्ने भएपछि संसदभित्र बस्नुको औचित्य नरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?