काठमाडौं । नेपाली कांग्रेस सांसद उदयसमशेर जबराले गृहमन्त्री रमेश लेखकमाथि आरोप नलागेकाले राजीनामा दिइरहन नपर्ने बताएका छन् ।
संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद जबराले गृहमन्त्रीमाथि कुनै आरोप नै नलागी राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।
उनले अध्यागमन र भीजीट भीसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छ वा छैन भने अख्तियारले छानबिन गरी स्पष्ट पार्ने बताए । मुख्य आरोपित गृहमन्त्री नभई सहसचिव भएकाले राजीनामा दिन आवश्यक नरहेको बताए ।
उनले भने, ‘छानबिन अख्तियारले सुरु गर्नुपर्छ । मुख्य आरोपित गृहमन्त्री होइन, सहसचिव होइन । सहसचिव गृह मन्त्रालयअन्तर्गत भएको कारणले उहाँको नाम पनि जोडिएको छ । तर जोडिएको छ की छैन भनेर पुष्टि नभईकन गृहमन्त्रीको राजीनामा माग्न उपयुक्त हुँदैन । केही गरी सहसचिवको सट्टा गृहमन्त्री नै आरोपित भएको भए गृहमन्त्रीले दिनुपर्दथ्यो ।’
सांसद जबराले अख्तियारले गृहमन्त्रीलाई आरोपित गरेको खण्डमा गृहमन्त्रीको राजीनामा माग्ने पहिलो सांसद आफू हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया