काठमाडौं । नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईँले भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेपालको भूगोल नबुझेको मन्त्री भएको आरोप लगाएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई नेपालको भूगोल बुझेको व्यक्तिका रूपमा लिए पनि बजेटमा त्यस्तो नपाएको जिकिर गरे । उनले देशको ज्ञान राम्रोसँग नभएको व्यक्तिका रूपमा पाएको आरोप लगाए ।
उनले भने, ‘अवरोध कायम रहन्छ भन्ने संकेत पाएका छौँ । बजेटको सवालमा भौतिक पूर्वाधारमन्त्रीज्युको अध्ययन, नेपालका भूगोल कस्तो छ देश, त्यो कतै ज्ञान छैन की जस्तो लाग्यो ।’ संसद्को अवरोध कायम रहने जानकारी पाएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया