युद्ध चर्किएपछि इजरायलमा रहेका नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

लोकपथ
2k
Shares

काठमाडौं । द्धन्दरत देश इजरायलमा युद्ध थप चर्किएपछि त्यहाँस्थित इजरायली राजदूतावासले त्यहाँ रहेका नेपालीहरुलाई सम्पर्कमा आउन भनेको छ ।

प्यालेस्टाइनसँग युद्ध भइरहेका बेला पुनः इजरायलले इरानमाथि आक्रमण गरेपछि अहिले त्यहाँको अवस्था थप नाजुक बन्दै गइरहेको छ । दुवै देशले एकअर्काबिच मिसाइल प्रहार गरिरहेका छन् ।

युद्धका कारण अवस्था झन नाजुक बनेपछि दूतावासले विज्ञप्ति नै जारी गर्दै सतर्क रहन साथै सम्पर्कमा आउन भनेको हो ।

‘हालै इजरायल–इरानको बढ्दो तनावका कारण भइरहेको युद्धबाट आउन सक्ने गम्भीर समस्यालाई ध्यान दिँदै यहाँ इजरायलस्थित विभिन्न स्थानमा बसोबास गरिरहेका नेपालीहरुको सुरक्षा र हितको लागि यस दूतावासद्वारा २४सै घण्टा हटलाइन खुला रहने गरी दूतावासका निम्न कर्मचारीहरुको सम्पर्क नम्बर सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

दूतावासले द्धितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्जयकुमार शाहको सम्पर्क नम्बर राखी सम्पर्क गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?