काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारहरू पनि गुम्नसक्ने खतरा कायम रहेको बताएका छन् । लामो संघर्षपछि ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकारहरू पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको बताए ।
प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने भन्ने सवाल अहिलेको मुख्य विषय भएको बताए । प्राप्त अधिकार भन्दा पनि अरू बढी अधिकार खोज्दा यी उपलब्धिहरू पनि गुम्ने खतरा रहेको भन्दै प्राप्त अधिकारको रक्षा गर्न जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए ।
उपप्रधानमन्त्री सिंहले भने, ‘लामो संघर्ष गरेर ०४६ सालको जनआन्दोलनपछि फेरि हामी जनताले गुमाएको अधिकारहरू पुनःबहाली गराउन तपाईँ हामी सबै मिलेर गुमेको अधिकार प्राप्त गर्न सफल भएका हौँ । लोकतान्त्रिक प्रणालीसँगै विभिन्न जनजाति, भाषाभाषीहरुको त्यसको पहिचान व्यवस्थाले नै दिने भएकाले यो जुन व्यवस्था छ त्यस व्यवस्थाको विशेषता हामी कसैले पनि कसैको आदेशमा आएर बिर्सिनु हुँदैन । पहिला यसरी भेला गर्ने अधिकार नै प्राप्त भएको थिएन । यसरी संघ संस्थाहरू खोल्ने अधिकार प्रजातन्त्रको पुनःबहाली भइसकेपछि फेरि पाएका हौँ । हामी सबैले के बुझ्नुपर्छ भने प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने सवाल त्यो छ । प्राप्त अधिकार भन्दा पनि अरू बढी अधिकार खोज्दा यी उपलब्धिहरू पनि गुम्ने हुन् की त्यसमा कसैले केही भन्नसक्छ र रु प्राप्त अधिकारको महत्वलाई बुझ्नुपर्छ । अधिकारको कुरा मात्रै गर्ने होइन, जिम्मेवारीको कुरा पनि गर्नुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले अधिकारको कुरा मात्रै नगरी जिम्मेवारीवोध गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया