काठमाडौं । आगामी आर्थिक वर्षको ०८२–०८३ को बजेटमा सत्तारुढ दल कांग्रेसकै सांसदले विरोध जनाएका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कांग्रेस सांसद राजेन्द्र बजगाईँले विरोध जनाएका हुन् ।
आजबाट विपक्षीहरुको विरोध चलिरहँदा सभामुखले विनियोजन विधेयकमाथिको छलफललाई अघि बढाएका छन् । तर सत्तापक्षकै सांसद बजगाईँ भने आफ्नो सिटमा नबसेर दर्शकदीर्घामा पुगेर उभिएर बजेटको विरोध जनाएका हुन् ।
उनले आफ्नो गृहजिल्ला गोरखाको विभिन्न आयोजनाहरुको बजेट काटिएको भन्दै विरोध जनाएको बताएका छन् ।
एक वक्तव्य जारी गर्दै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालमाथि कटाक्ष गर्दै बजेट काटिएकोप्रति आपत्ति जनाएका हुन् ।
‘भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले न त प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन्, न त देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन् । त्यसैले उहाँ गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिन्छन्,ु सांसद बजगाईंले भनेका छन्, ‘गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भर्त्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया