काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध जनाइरहेको छ । तर सरकारले विपक्षीहरुको विरोधकाबिच संसद बैठक अघि बढाएपछि राप्रपाका सांसदहरु भने बैठक छाडेर हलबाट बाहिरिएका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै रास्वपाले राजीनामा माग्दै विरोध जनाइरहेको छ । सभामुख देवराज घिमिरेले विरोधकाबिच बैठक अघि बढाएपछि राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहित अन्य सांसदहरु बैठक बहिस्कार गरेर बाहिरिएका हुन् । त्यसअघि प्रमुख सचेकत शाहीले विपक्षीको विरोधकाबिच संसद बैठक अघि बढाउनु दादागिरी रहेको भन्दै कटाक्ष गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया