नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आघात पुर्‍यायो : सभापति खतिवडा 

लोकपथ
231
Shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजनीतिक नेतृत्वले पद प्राप्त गरे लगत्तै नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आधात पुर्‍याएको बताएका छन् । 

लोकसेवा आयोगको ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले यस्तो बताएका हुन् । 

उनले लोकतन्त्र प्राप्तिपछि अहिले देखिएको निराशा र कुण्ठा अन्त्यका लागि लोकसेवा आयोग जस्तो निष्पक्ष संस्थाबाट राजीनित नेतृत्वबाट शिक्षा लिनुपर्ने आवश्यकता औँल्याए । उनले निष्पक्षता र योग्यताको आधारमा कार्य गर्ने संस्थाले मात्रै जनतामा लोकतन्त्रप्रतिको विश्वास बलियो बनाउन सक्ने उल्लेख गर्दै लोक सेवा आयोगको प्रशंसा गरे । 

उनले भने, ‘लोकतन्त्र प्राप्तिपछि अहिले पनि निराशाका कुण्ठाहरू जीवित भएको बेलामा यस्ता कुण्ठाहरुलाई अन्त्य गर्नको लागि हामीले लोकसेवाबाट केही शिक्षा लिनुपर्ने जरुरी छ । विषेश गरी राजनीतिक नेतृत्वले यो बेला राजनीतिक नेतृत्वले ठाउँ पाउने बित्तिकै नाता र गोतालाई प्रश्रय दिन्छन् भन्ने जुन अनुभूति छ, त्यसको अन्त्यका लागि पनि संस्था यस्तो होस् जसले लोकसेवा आयोग जस्तो गरोस् । जहाँ निष्पक्षताबाहेक केही हुँदैन । योग्यताको कदर हुन्छ भन्ने हामीले जनतामा सिर्जित गर्न सकियो भने हामीले ल्याएको लोकतन्त्र र यो संविधान अझ दह्रो भएर रहने विश्वास मैले लिएको छु ।’

सभापति खतिवडाले संविधान कार्यान्वयनको लागि महत्त्वपूर्ण मानिएको संघीय निजामती विधेयक आजै संसद्मा दर्ता गर्ने समेत जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?