प्रचण्डलाई जिताउन देबी र बद्रीको अनौंठो फुरफुर !

भरतपुर, १९ कात्तिक- शनिबार माअाेवादी केन्द्रमा प्रवेश गर्नुभएका राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले अाफू माअाेवादी केन्द्रमा प्रवेश गरेपछि राप्रपाकाे कार्यालयमा ताल्चा लागेकाे बताएका छन् अाइतबार चितवनकाे चनाैलीमा अायाेजित चुनावी सभामा बाेल्दै नेता तिमिल्सिनाले भने, “हिजाेसम्म म राप्रपामा थिएँ, अघिल्लाेपटक बिक्रम पाण्डेलाई जिताएँ, यसपटक प्रचण्डलाई जिताएर चितवनकाे मुहार फेरिएकाे हेर्न चाहन्छु। कतिपयले भन्छन्, बिक्रम पाण्डेले चुनाव जित्छ। तर, म माअाेवादीमा अाएपछि राप्रपाकाे कार्यालयमा ताल्चा लागेकाे छ। अब हामी २० हजार मत अन्तरभन्दा बढी मतले प्रचण्डलाई जिताएर देखाउँछौं।””देशकाे राजनेतालाई जिताउनु हुन्छ कि ठेकेदारलाई जिताउनु हुन्छ ? ठेकेदारले चितवनकाे विकास गर्छ भन्ने कल्पना गर्न सकिएला ? नेता तिमिल्सिनाले भने , “प्रचण्ड देशकाे राजनेता हाे। बरु प्रचण्डका लागि चितवन नचाहिन सक्छ। तर, चितवनका लागि प्रचण्ड चाहिन्छ। प्रचण्डले जिते मात्रै चितवन फेरिन्छ, देश फेरिन्छ।”कार्यक्रममा एमाले नेता देवी ज्ञवालीले कम्युनिष्टहरुकाे एउटै केन्द्र बनाउने अाफ्नाे अधुराे सपना अाेली र प्रचण्डले पूरा गर्न लागेकाले अाफूले प्रचण्डलाई जिताउन कम्मर कसेकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?