सभामुखसँग भेटपछि आन्तरिक छलफलमा रास्वपा, अडानबाट ‘ब्याक’ होला ?

लोकपथ
1.6k
Shares

काठमाडौं । संसदको विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर संसदमा अवरोध गरिरहेको रास्वपाका कार्यवाहक सभापति समेत रहेका उपसभापति डिपी अर्यालले यसअघि सभामुख देवराज घिमिरेसँग भेटघाट गरेका थिए ।

त्यसलगत्तै आन्तरिक छलफलमा जुटेको हो । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो, यद्यपि संसदको अवरोध हटाउन सभामुख घिमिरे छलफलमा जुटेपछि साढे ११ बजेका लागि बैठक बोलाइएको थियो । तर निर्धारित समायमा बैठक बस्न नसकेको हो ।

रास्वपाका सांसदहरु आन्तरिक छलफलमा जुटेका कारण बैठक बस्न ढिलाइ भएको सभामुखको सचिवालयले जनाएको छ । रास्वपाको आग्रहमा बैठक रोकिएको हो ।

त्यसो त माओवादीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने, प्रधानमन्त्रीको जवाफ खोज्ने र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो अडानबाट पछि हटेको छ । संसदको प्रमुख प्रतिपक्षी दल माओवादी सरकारसँग २ बुँदे सहमति गरेर आफ्नो एजेण्डाबाट पछि हटेपछि यसअघि शुक्रबारको बैठकमा रास्वपाले राप्रपाको साथ लिएर विरोध जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?