आजदेखि त्रिदेशीय टी-२० क्रिकेट शृंखला सुरु हुँदै, नेपालको खेल सोमबार

लोकपथ
2.6k
Shares

काठमाडौं । आजदेखि त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला सुरु हुँदैछ । स्कटल्यान्डमा हुने शृङ्खलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन् ।

खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन्। तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी-२० शृङ्खला गुमाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?