काठमाडौं । चन्द्रागिरि हिल्सले आफ्नो ७३ हजार ५ सय रुपैयाँका सेवा मात्रै २५ हजार रुपैयाँमा विक्री गर्ने भएको छ । कम्पनीले क्लाउड क्लब मेम्बरसिप मार्फत यो सुविधा दिन लागेको हो ।
हिल्सका सेल्स एण्ड मार्केटिङ हेड प्रभाकर खड्काका अनुसार चन्द्रागिरि हिल्स एक वर्षभित्र प्रयोग गरिसक्नु पर्ने गरी आफ्नो ७३ हजार ५ सय रुपैयाँ बराबरको सुविधा केवल २५ हजार रुपैयाँमै दिन लागेको हो ।
कम्पनीले चन्द्रागिरि रिसोर्टमा दुई जनालाई रात ब्रेकफास्टसहितको बास, २० वटा केबलकारको राउन्ड टिकट, बर्थडेमा २ पाउन्डको केक, चन्द्रागिरिकै क्याफेमा २ हजार रुपैयाँ बराबरको भौचर, १० वटा जिपलाइन राइड भौचर, १० वटा कपल स्वीङस् भौचर लगायतका सेवा केवल २५ हजार रुपैयाँमै उपलब्ध गराउन लागेको हो ।

यो सुविधा क्लाउड कार्ड गोल्ड मेम्बरसिप जारी भएको मितिले एक वर्षभित्र प्रयोग गरिसक्नु पर्ने गरी तयार पारिएको छ ।
के के छन् सुविधा ?
१. दुई रात दुई जनालाई ब्रेकफास्टसहित डिलक्स रुमको व्यवस्था

चन्द्रागिरि हिल्सले जारी गरेको क्लाउड क्लब गोल्ड मेम्बरसिप लिने ग्राहकहरूले सुरुमा एकमुष्ठरुपमा २५ हजार रुपैयाँ तिर्नुपर्नेछ । एकै पटक २५ हजार रुपैयाँ तिरेपछि चन्द्रागिरि रिसोर्टमा २ रात ब्रेकफास्टसहितको बास पाइनेछ । रिसोर्टमा २ जनासम्म बस्न पाइनेछ । सामान्य अवस्थामा चन्द्रागिरि हिल्समा डिलक्स रुमको लागि प्रतिदिन १५ हजार रुपैयाँ लिइने गरिएको छ । यस्तो अवस्थामा २ रातको ३० हजार बराबरको ब्रेकफास्टसहितको कोठा उपलब्ध हुनेछ ।
२. क्याफे काठमाडौंमा २ हजार बराबरको खानाको भौचर

क्लाउड क्लब गोल्ड मेम्बरसिप लिएपछि चन्द्रागिरिमै रहेको क्याफे काठमाठौंमा २ हजार रुपैयाँ बराबरको खानाको भौचरसमेत पाइनेछ । यो पनि त्यही सुरुमै तिरेको २५ हजारमै पाइने सुविधा हो ।
३. चन्द्रागिरिमा रहेका रेस्टुरेन्टहरूमा १५ प्रतिशत छुट

क्लाउड क्लब गोल्ड मेम्बरसिप कार्ड लिएपछि चन्द्रागिरि रिसोर्ट वा त्यहाँ रहेका अन्य रेस्टुरेन्टहरूमा खाना वा खाजा खाँदा सबै खानामा १५ प्रतिशत छुट पाइने छ ।
४. बर्थ डे मा २ पाउन्डको केक उपहार
क्लाउड क्लब गोल्ड मेम्बरसिप कार्ड लिएपछि आफ्नो जन्मदिनमा २ हजार मूल्य बराबरको २ पाउन्डको के उपहारस्वरूप पाइनेछ र उक्त केक तपाइँकै ठेगानामा डेलिभरी हुनेछ ।
५. स्विमिङ पुलको ३ हजार रुपैयाँ बराबरको भौचर

क्लाउड क्लब गोल्ड मेम्बरसिप कार्ड लिएपछि चन्द्रागिरि हिल्सले २ वटा स्विमिङ पुलको भौचरसमेत निःशुल्क उपलब्ध गराउनेछ । सामान्य अवस्थामा एउटा स्विमिङ पुलको टिकटको शुल्क १ हजार ५ सय रहेको छ । २ वटा स्विमिङ पुलको भौचर दिँदा तपाईँले ३ हजार रुपैयाँ बराबरको भौचर प्राप्त गर्नुहुनेछ ।
६. २० वटा निःशुल्क केबलकारको टिकट

चन्द्रागिरि हिल्सको क्लाउड क्लब गोल्ड मेम्बरसिप कार्ड प्राप्त गरेपछि तपाईँले २० वटा केबलकारको राउन्ड ट्रिप टिकट प्राप्त गर्नुहुनेछ । उक्त टिकटबाट तपाईँ, तपाईँका आफन्त वा साथीभाइलाई लैजान सक्नुहुनेछ । सामान्य अवस्थामा यसको मूल्य १६ हजार ५ सय रुपैयाँ बराबर हुन्छ ।
७. केबलकारको टिकटमा २५ प्रतिशत छुट
२० वटा निःशुल्क टिकटबाहेक पनि तपाईँले केबलकारको टिकट काट्नु भएमा तपाईँलाई २५ प्रतिशत छुट हुनेछ । तर यो सुविधा सदस्य रहेका व्यक्तिले मात्रै प्राप्त गर्नेछन् ।
८. जिपलाइनको १० वटा भौचर

क्लाउड क्लब गोल्ड मेम्बरसिप कार्ड लिने ग्राहकले जिपलाइनको १० वटा भौचर निशुल्करुपमा प्राप्त गर्नेछन् । जसको बजार मूल्य ८ हजार रुपैयाँ रहेको छ ।
९. स्काई साइक्लिङको १० भौचर

क्लाउड क्लब गोल्ड मेम्बरसिप कार्ड लिएपछि जिपलाइन मात्रै होइन, स्काई साइक्लिङको पनि १० वटा भौचर निशुल्करुपमा प्राप्त गर्नुहुनेछ । स्काई साइक्लिङको बजार मूल्य प्रतिटिकट ६ सय रुपैयाँ रहेको छ । जसबाट तपाईँले ६ हजार बराबरको स्काई साइक्लिङको भौचर प्राप्त गर्नुहुनेछ ।
१०. स्काई वाकको १० टिकट
क्लाउड क्लब गोल्ड मेम्बरसिप कार्ड प्राप्त गर्ने ग्राहकले स्काई वाकको समेत १० वटा टिकट प्राप्त गर्नेछन् । एउटा टिकटको मूल्य २ सय रुपैयाँ रहेको अवस्थामा १० वटा टिकटलाई २ हजार रुपैयाँ पर्छ । तर मेम्बर बनेपछि यो पनि निःशुल्क नै पाइनेछ ।
११. १० वटा कपल स्वीङ भौचर

चन्द्रागिरि हिल्सको क्लाउड क्लब गोल्ड मेम्बरसिप कार्ड लिएपछि ग्राहकले १० वटा कपल स्वीङ भौचरसमेत प्राप्त गर्नेछन् । एउटा कपल स्वीङको मूल्य ४ सय पर्ने भएकाले १० वटा लिँदा ४ हजार रुपैयाँ बराबरको भौचर प्राप्त गर्न सकिन्छ ।
१२. ३० मिनेटको फ्री स्पा

हिल्सको क्लाउड क्लब गोल्ड मेम्बरसिप कार्ड लिएपछि अतिरिक्त ३० मिनेटको फ्री स्पा समेत प्राप्त गर्न सकिनेछ । यसमा अतिरिक्त फ्री स्पा भन्नाले कुनै स्पा खरिद गरेको अवस्थामा त्यसमा थप ३० मिनेट भने निःशुल्क हुने भनिएको छ ।
यो सबै सुविधा केवल २५ हजार रुपैयाँमै उपलब्ध गराइएको कम्पनीले जनाएको छ, जसको बजार मूल्य ७३ हजार ५ सय रुपैयाँ रहेको छ ।
कम्पनीका सेल्स एण्ड मार्केटिङ हेड प्रभाकर खड्काका अनुसार यो अफर आफ्ना ग्राहकहरूलाई लोयल्टी प्रोग्राम अन्तरगत ल्याईएको हो । गोल्ड मेम्बरसिप कार्डमा धेरै माग आएमा पछि प्लेटिनम कार्ड समेत ल्याउने योजना रहेको तर खड्काले बताए ।
खड्काका अनुसार नेपाली ग्राहकहरूलाई पनि चन्द्रागिरिमा राम्रो सेवा दिन यस्तो अफर ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया