काठमाडौं । भारतको उत्तराखण्डको केदारनाथ धाममा आज (आइतबार) बिहान भएको हेलिकप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम न्यूज 18 का अनुसार दुर्घटना गौरीकुण्ड र त्रिजुगीनारायण नारायणको बिचमा भएको थियो ।
आर्यन कम्पनीको उक्त हेलिकप्टरमा पाइलटसहित ७ जना सवार थिए, जसमा सबैको मृत्यु भएको पुष्टि गरिएको छ।
हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ । यसैबिच, यस दुर्घटनाको बारेमा जानकारी दिँदै उत्तराखण्डका एडीजी कानुन तथा व्यवस्था डा वी मुरुगेसनले देहरादूनबाट केदारनाथ जाँदै गरेको हेलिकप्टर गौरीकुण्ड क्षेत्रमा दुर्घटना भएको जानकारी दिएका छन् ।
यस घटनाप्रति उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘रुद्रप्रयागमा भएको हेलिकप्टर दुर्घटना निकै दुःखद छ । एसडीआरएफ, स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू घटनास्थलमा राहत तथा उद्धार कार्यमा जुटिरहेका छन्।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया