काठमाडौं । भारतको उत्तराखण्डको केदारनाथ धाममा आज (आइतबार) बिहान हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । भारतीय सञ्चारमाध्यम न्यूज 18 का अनुसार दुर्घटना गौरीकुण्ड र त्रिजुगीनारायण नारायणको बिचमा भएको हो ।
आर्यन कम्पनीको उक्त हेलिकप्टरमा पाइलटसहित ७ जना सवार थिए । प्राप्त जानकारी अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएकोआशंका गरिएको छ ।
हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ । यसैबिच, यस दुर्घटनाको बारेमा जानकारी दिँदै उत्तराखण्डका एडीजी कानुन तथा व्यवस्था डा. वी मुरुगेसनले देहरादूनबाट केदारनाथ जाँदै गरेको हेलिकप्टर गौरीकुण्ड क्षेत्रमा सम्पर्कविहीन भएको र त्यसपछि दुर्घटनाको पुष्टि भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया