सभामुखले मुख्य दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाए

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज (आइतबार) मुख्य दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका छन्।

आइतबार बिहान ९ बजे सिंहदरबारमा बैठक बस्ने गरी सभामुख घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुखले संसद्को क्यालेन्डर र पछिल्ला राजनीतिक अवस्था लगायत बारेमा छलफल गर्न बैठक बोलाएका हुन् । 

जेठ १३ गतेदेखि प्रमुख प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेपछि बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको थियो।

 यसबिचमा नीति तथा कार्यक्रममाथिको छलफल र बजेट प्रस्तुतिपछिको प्रक्रिया समेत रोकिएको थियो।

शुक्रबार नेकपा माओवादी केन्द्रले सत्तारुढ दलसँग दुई बुँदे सहमति गरेका थिए, तर राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने विरोधमा नै छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजनीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?