काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको अद्यावधिक विनिमयदर सार्वजनिक गरेको छ। आज सार्वजनिक दरअनुसार अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा पुगेको छ भने खरिददर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरोको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्री दर १५८ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्री दर १८६ रुपैयाँ ७७ पैसा तोकिएको छ।
स्विट्जरल्याण्डको मुद्रा स्विस फ्र्याङ्कको विनिमयदर पनि उल्लेखनीय छ, जसअनुसार एक फ्र्याङ्कको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५७ पैसा रहेको छ।
भारतीय मुद्राको सन्दर्भमा एक सय भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यक परे जुनसुकै समयमा परिमार्जन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने जानकारी पनि दिएको छ। अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने उल्लेख गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया