काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटना हुँदा २० जना घाइते भएका छन् । काठमाडौको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा नजिकै रहेको घुमाउने पसल अगाडी आज दिउसो पौने ४ बजे माइक्रो दुर्घटना भएको हो ।
काठमाडौबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ८३२९ नम्बरको माइक्रो गति अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेको थियो । उक्त माइक्रोमा चालक तथा सहचालकसहित २० जना सवार रहेको थिए ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण काठमाडौबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमाण्डमा खटिएको सुरक्षा फौज उनीहरूको उद्धारमा जुटेको थियो ।
दुर्घटनामा परेका २० जनालाई उपचारको लागि नेपाल एपीएफ अस्पताल बलम्बुमा पठाइएको सशस्त्र प्रहरीको सह प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापा जानकारी दिए ।
उनीहरूमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना बालबालिका, ५ जना महिला र ११ जना पुरुष रहेका छन् ।
यी हुन दुर्घटनाका घाइते :
सवारी चालक:
अनिल तामाङ, उमेर ४३ वर्ष, जिल्ला नुवाकोट, ककनी गाउँपालिका–३
नेपाली नागरिक घाइतेहरू:
सक्षम अधिकारी, १६ वर्ष – बायाँ खुट्टाको गोडामा चोट
सुजाता अधिकारी, ४१ वर्ष – टाउको, खुट्टा र कुना (शारीरिक भाग) मा चोट
अञ्जिला शाह, २१ वर्ष – नारायणगढ, भरतपुर–११, चितवन – सामान्य अवस्था
सुवीदा मल्ल, २४ वर्ष – मध्यम चोट
ईश्वर थापा, ५० वर्ष – चितवन – सामान्य अवस्था
गणेश पौडेल, ५८ वर्ष – कावासोती – सामान्य अवस्था
सन्त बहादुर थापा, ४० वर्ष – चितवन – सामान्य अवस्था
सुनिल श्रेष्ठ, २५ वर्ष – चितवन – सामान्य अवस्था
प्रयास गुरुङ, १६ वर्ष – नारायणगढ, चितवन – सामान्य अवस्था
भारतीय नागरिक घाइतेहरू:
रिन्कु देवी, २४ वर्ष – बिहार, पटना – बायाँ हातमा चोट
रवि कुमार, ४९ वर्ष – पटना, बिहार – सामान्य अवस्था
सार्थक कुमार, ५ वर्ष – बिहार – सामान्य अवस्था
मानवी कुमार, २ वर्ष – बिहार – सामान्य अवस्था
डब्लु कुमार, २८ वर्ष – सामान्य अवस्था (नागरिकता खुलाइएको छैन, तर नाम अनुसार भारतीय अनुमान)
राज कुमार, १८ वर्ष – पटना, बिहार – सामान्य अवस्था
शिव कुमार, १६ वर्ष – बिहार – सामान्य अवस्था
प्रञ्जल कुमार, ८ वर्ष – सामान्य अवस्था (नागरिकता नखुले पनि भारतीय नाम अनुसार समावेश)
निश्चल कुमार, १४ वर्ष – पटना, बिहार – सामान्य अवस्था
रितु कुमारी, २८ वर्ष – पटना – सामान्य अवस्था
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया