२०७८,श्रावण,१८,सोमवार

योगेशलाई भोट माग्न पुगे केपी ओली, कांग्रेसमाथि कडा हमला

२०७४,कार्तिक,१९,आईतवार १६:४३


 ताप्लेजुङ, १९ कात्तिक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् आज वाम गठबन्धन, ताप्लेजुङले सदरमुकाम फुङलिङमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले अबको स्थायी सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन आग्रहसमेत गरे अध्यक्ष ओलीले एमाले र नेकपा माओवादी केन्द्र बीच भएको चुनावी तालमेल पार्टी एकताको आधार भएको भन्दै निर्वाचनपछि नै पार्टी एकताको घोषणा गरी समृद्ध राष्ट्र निर्माणमा नायक शक्ति बनेर अघि बढ्ने बताए ओलीले अहिले दुवै पार्टीले फरक फरक चुनाव चिह्न लिएर लडेपनि एउटै उद्देश्यका साथ अघि बढेको स्पष्ट पारे स्थिर सरकार निर्माणकै लागि एकता भएको र पार्टी एकताको कुराले अहिले दुवै पार्टीमा उत्साह छाएको समेत बताए भट्टराईलाई भोट माग्दै उनले भने, “म माथि छु, यहाँ योगेश हुनुहुन्छ, विकास कहाँ चाहिन्छ भन्ने ठाउँ देखाई दिनुहोस् योजना म पार्छु ।”यसअघि ताप्लेजुङबाट निर्वाचित सांसदलाई मन्त्री बनाउन नसक्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै ओलीले अब यहाँको विकासका लागि यहाँकै जनप्रतिनिधिलाई जिम्मेवारी दिने स्पष्ट पारे यसअघि काँग्रेसका कारण धेरै पार्टी मिलाएर सरकार बनाउनुपर्दा ताप्लेजुङबाट आफ्नो पार्टीका सांसद मन्त्री बन्न नसकेको ओलीको भनाइ थियो अधिनायकवादका विरुद्धमा लड्ने एमालेलाई अहिले विपक्षीहरुले अधिनायकवाद ल्याउँछ भनेर हल्ला फिँजाइरहेको उनको भनाइ छ । पद र पैसाबाहेक केही नदेख्नेको कांग्रेस नेतृत्वले देशलाई गरिब बनाएको भन्दै उनले अब मुलुकको निकासका लागि वाम गठबन्धनको विकल्प हुनै नसक्ने दाबी गरे ।

प्रकाशित मिति: २०७४,कार्तिक,१९,आईतवार १६:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति बनेको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनमा सहभागी दलहरु नेपाली

काठमाडौं । नेकपा एमालेले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले कमिटी

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई लिएर आदेश जारी गरेको छ । सर्वोच्चले एमालेको

नेकपा एमालेभित्रको आन्तरिक कलह समाधान हुन अझै सकेको छैन । नेपालका कम्युनिस्ट पार्टीहरू फुट्दै जुट्दै आएका छन् । साना कम्युनिस्ट

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९