धादिङ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।
हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२–०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका–८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमाल जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया