नुवाकोट । पिपलडाँडा माध्यमिक विद्यालयको सभा हलमा एक दिने ‘गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षक तथा अभिभावक उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ।
ग्रामिण जागरण तथा पूर्वाधार विकास केन्द्रको आयोजनामा र तार्केश्वर गाउँपालिकाको आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं.३ का वडा अध्यक्षको उपस्थिति थियो भने वडा नं.४ का वडा अध्यक्ष विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष समिप भट्टराईले गरेका हुन् ।

कार्यक्रममा श्री पिपलडाँडा माविका शिक्षक अभिभावक मात्र नभई, वडा भित्रका अन्य विद्यालयहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त गोष्ठीमा विद्यालय र अभिभावकबिचको पारस्परिक जिम्मेवारी, बालबालिकाको व्यवहारिक शिक्षा, अनुशासन, मोबाइल इन्टरनेटको लत, र सकारात्मक अभिभावकीय सहभागिता लगायत विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया