शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी छ : सांसद भण्डारी

लोकपथ
280
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी रहेको आरोप लगाएका छन् । 

शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले समयमै ऐन कानुन निर्माण हुन नसक्दा अहिलेका समस्या आइरहेको बताए । 

उनले पुर्खाहरूले मुलुकभर २८ हजार विद्यालय सञ्चालनमा ल्याएको भए पनि करिब १७ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको स्पष्ट पारे । सरकारी विद्यालयलाई विश्वास गर्ने वातावरण बन्न नसक्नु सबैभन्दा ठुलो चुनौतीका रूपमा रहेको उनको भनाइ छ ।

शिक्षा प्रणाली राम्रो नहुँदा मुलुकलाई अगाडि बढाउनसमेत समस्या हुने बताउँदै  सांसद भण्डारीले ऐन कानुन निर्माणमा गम्भीर बन्न नसक्दा वर्तमानको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो । उनले शिक्षकका सेवा सुविधाका कुरासँगै आफूहरुको कर्तव्यका विषयमा गम्भीर बन्नुपर्ने अवस्था आएको स्पष्ट पारे ।

उनले आफ्ना कमीकमजोरी सच्याउँदै यथार्थ धरातलमा पुगेर शिक्षा विधेयक बनाउने विषयतर्फ ध्यान दिनुपर्ने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?