शिक्षामन्त्री पन्त भन्छन्– ‘राजनीतिक दलहरु सुध्रिन जरुरी छ’

लोकपथ
203
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राजनीतिक दलहरू सुध्रिन जरुरी रहेको बताएका हुन् । सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन् ।  

उनले अहिले सम्भव भएसम्मको सुधारको प्रयास जारी रहेको पनि बताए । उनले शिक्षा क्षेत्रमा धेरै जटिलताहरू देखिएको बताउँदै दीर्घकालीन रूपले मेहनत गरेर शिक्षा क्षेत्रमा नीतिगत हस्तक्षेप गर्न जरुरी रहेको उल्लेख गरे । उनले विश्वविद्यालय सञ्चालनका तौरतरिकाहरूमा पनि परिवर्तन गर्न जरुरी देखिएको बताए  । 

मन्त्री पन्तले भने, ‘शिक्षा क्षेत्रमा धेरै जटिलताहरू देखिएका छन् । एउटा दीर्घकालीन रूपले मेहनत लगाएर हामीले यो क्षेत्रमा केही नीतिगत हस्तक्षेपहरू गर्नुपर्नेछ । नीतिगत रूपमा रिफर्म गर्नुपर्ने देखेका छौँ । हाम्रो शिक्षा नीतिमा, शिक्षा सम्बन्धी कानुनहरूमा । हाम्रा विश्वविद्यालय सञ्चालनका तौरतरिकाहरूमा पनि हामीले सम्बोधन गर्नुपर्नेछ । त्यति मात्र होइन, हामी राजनीतिक दलहरू आफैँ सुध्रिनुपर्ने अवस्था छ । अहिले सम्भव भएसम्मको सुधारको प्रयास जारी राख्नुभएको छ ।’

मन्त्री पन्तले मुलुकको शिक्षा नीतिलाई कता लैजाने भन्नेबारे एकीकृत धारणा बनाएर अघि बढ्न जरुरी रहेको बताए । अहिलेको पुस्ताले खोजिरहेको शिक्षा नेपालमा दिन नसकेको हो भने नयाँ हिसाबले सोच्न जरुरी रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?