वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

लोकपथ
56
Shares

 काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले वातावरण संरक्षणलाई जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने जोखिमलाई दृष्टिगत गरेर तदनुरूप नीति निर्माणमा लागेको बताए ।

अर्थमन्त्री पौडेलले भने, ‘स्वच्छ वातावरणको सुनिश्चितता कुनै देश विशेषको नभएर सिङ्गो पृथ्वीको साझा चासो हो । एकातिर विकासका आवश्यकतालाई सम्बोधन गर्नुपर्छ भने अर्कोतिर स्वच्छ वातावरण निर्माण । ‘सगरमाथा संवाद’ आयोजना गरेर हामीले  वातावरण संरक्षणका निम्ति हामी प्रतिबद्ध रहेको सन्देश दिएका छौँ ।’ उनले विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा सरकार दृढतापूर्वक उभिएको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?