काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानबिन समिति बन्ने बताएका छन् ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै विपक्षीलाई एक ठाउँमा राख्ने कोसिस आफूहरूले गरे पनि सफल हुन नसकेको बताए । उनले एक महिनाभित्र छानबिन समिति बनेन र उपयुक्त ढंगले गएन भने संघर्ष गर्न कुरा उठाउन कसैले नरोक्ने बताए ।
उनले भने, ‘एक महिनाभित्र छानबिनको लागि प्रक्रिया अघि बढ्छ, समिति बन्छ । सबै विपक्षीलाई एक ठाउँमा ल्याउन कोसिस गरेका हौँ । सम्भव भएन । एक महिनाभित्र छानबिन समिति बनेन र उपयुक्त ढंगले गएन भने संघर्ष गर्न कुरा उठाउन कसैले रोक्दैन ।’
उपमहासचिव पुनले छानबिन समिति बनेपछि छानबिन हुने र दोषीउपर कारबाही हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया