माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखले गराए जानकारी

लोकपथ
854
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाइएको छ । 

सभामुख देवराज घिमिरेले शुक्रवारको बैठकमा अध्यक्ष नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जलि योगपिठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलान्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दी भन्दा बढी जग्गा खरिदविक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?