काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसदलाई सम्बोधन गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समय उपलब्ध गराएसँगै गृहमन्त्री लेखकले सम्बोधन गरेका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे । साथै संवैधानिक निकायले छानबिन गरिरहेको विषयमा अर्को कुनै पनि छानबिन आयोग आवश्यक नहुने दाबी गरे । यता विपक्षी दलहरु रास्वपा र राप्रपाले विरोध जनाइरहेका छन् । तर गृहमन्त्री लेखकले भने आफ्नो भनाइ राखेका हुन् ।
साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा आफू त्यसमा दोषी नरहेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया