प्रचण्डलाई लिङ्देनको घोचपेच– ‘उहाँले आत्मसमर्पण गर्नुभयो’

लोकपथ
455
Shares

काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादीले सरकारसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै लिङ्देनले यसअघि माओवादीले संसदमा अवरोध गरेको तर अहिले आएर आत्मसमर्पण गरेको दाबी गरे ।

हाल संसदमा प्रमुख प्रतिपक्षी दल रहेको माओवादीले आफ्नो राजनीतिक रोटी सेक्नका लागि मात्रै त्यो कर्म गरेको आरोप लगाए ।

साथै उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै राजीनामा समेत माग गरे ।

त्यसो त यसअघिका बैठकमा सरकारविरुद्ध देखिएको माओवादी केन्द्र अहिले भने सरकारसँग दुई बुँदे सहमति गरेर भिजिट भिसा प्रकरणमा छानबिनलाई सहयोग गर्ने सहमति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?