काठमाडौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरु रास्वपा र राप्रपाले विरोध जनाएका छन् ।
आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो, तर भिजिट भिसा प्रकरणबारे सत्ता र प्रतिपक्षबिच कुरा नमिल्दा ढिला गरि बैठक सुरु भएको हो ।
बैठकमा विपक्षी दलहरु रास्वपा र राप्रपाले विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुलाई पालैपालो बोल्न दिने बताएका थिए । सभामुख घिमिरेले सुरुमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका दिए । तर रास्वपाले भने आफूहरुले पहिले बोल्न पाउने पर्ने भन्दै अवरोध गरिरहेका छन् ।
दुई दलले विरोध जनाए पनि माओवादी प्रमुख सचेतक पाण्डेले भने आफ्नो कुरालाई अघि बढाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया