काठमाडौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरु रास्वपा र राप्रपाले विरोध जनाएका छन् ।
भिजिट भिसा प्रकरणमा पुरानै अडान कायम राख्दै रास्वपा र राप्रपाले विरोध जनाएको हो ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, उच्चस्तरीय छानबिन समिति र प्रधानमन्त्रीको जवाफ माग गरिरहेका छन् । यसअघि माओवादी समेत छानबिन समितिको पक्षमा देखिए पनि अहिले आफ्नो अडानबाट पछि हटेको हो ।
माओवादीले कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गरेसँगै संसदमा रास्वपा एक्लिएको हो । यद्यपि अर्को विपक्षी दलले रास्वपालाई साथ दिइरहेको छ । सभामुख देवराज घिमिरेले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका छन् । तर रास्वपाले भने पहिले आफूहरुले बोल्न पाउनुपर्ने माग राख्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया